Logo
Logo

​​​​​एमालेलाई घर ठानेका थियौं, जेल पो रहेछ : माधव नेपाल


3k
Shares

डडेलधुरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले आफूहरुको लागि ‘जेल’ भएपछि विद्रोह गरेको बताएका छन् । बुधबार डडेलधुरामा पार्टी प्रवेश कार्यक्रमका बोल्दै उनले एमाले केपी शर्मा ओलीको मुठीमा गएको बताएका हुन् ।

‘हामीले घर ठानेका थियौं। त्यो त जेल पो रहेछ । जेल भएपछि विद्रोह हुन्छ कि हुँदैन ?’, उनले भने, ‘त्यो घर रहेन, जेलमा परिणत भयो । हामीले विद्रोह गरेर जेलको पर्खाल तोडिदिएका छौं । नयाँ पार्टी गठन गरेका छौं ।’

उनले आफ्नो पार्टीलाई कसैले नेकपा एस र एमालेलाई नेकपा ‘नो’ भनेर नामाकरण गरेको बताए । उनले भने, ‘हाम्रो पार्टीलाई कसैले नेकपा एकीकृत समाजवादी पनि भन्छन्, कसैले नेकपा एस पनि भन्छन् । हामीलाई नेकपा एस भन्नेले एमालेलाई नेकपा नो भन्दिँदा रहेछन् । यो एस, त्यो (एमाले) नो । यो इन, त्यो आउट । जब यो इन हुन्छ, अर्को आउट हुन्छ हुन्छ ।’

उनले अहिले पाँच दलको गठबन्धन रहेको र पाँचै दलको बीचमा आउने चुनावमा मिलेर जाने सहमति भएको र केपी गुटको पत्तासाफ गर्दिने बताए । उनले भने, ‘केपी गुटको पत्तासाफ गर्दिनेछौं । त्यसै हुनाले त्यो पार्टी र गुटको भविष्य छैन ।’

प्रतिक्रिया दिनुहोस्