Logo
Logo

मलद्वारमा लुकाएर सुन तस्करी



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । मलद्वारमा लुकाएर ल्याइएको आधा किलो सुनसहित भारतीय नागरिक मोहमद जुबेद पक्राउ परेका हुन् ।

भारतको उत्तर प्रदेशका ४२ वर्षीय मोहम्मद जुवेद पक्राउ परेको विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । दुबईबाट मंगलबार बिहान आएका उनले मलद्वारमा लुकाएर सुन ल्याएका थिए ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार शंकास्पद लागेर चेकजाँच गर्ने क्रममा उनले सुन ल्याएको खुलेको थियो । ‘पानी, चिया खुवाएर दिसा गराएर सुन निकालिएको हो’ उनले भने । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको बाँस्तोला बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्