Logo
Logo

रसुवा बाढीको नामकरण गर्न सरकारलाई आग्रह गर्ने सर्वदलीय बैठकको निर्णय


252
Shares

काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले भदौ १० गते चीनको तिब्बतबाट रसुवाको भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीको नामकरण गर्न सरकारलाई आग्रह गर्ने भएका छन् ।

बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सरकारलाई उक्त बाढीको नामकरण गर्न सुझाव दिने निर्णय भएको गरेको हो । विश्वमा कुनै पनि विपदपछि नाम दिने चलन रहेको छ । तर, भोटेकोशी बाढी गएको तीन साता बित्दा समेत कुनै नामकरण भएको छैन ।

सञ्चारकर्मीले राखेको जिज्ञासामा रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा यसबारे छलफल भएको र सरकारलाई सुझाव दिने निर्णय भएको बताए ।

‘हाम्रो आजको बैठकको एउटा विषय यो पनि थियो । सबै दलका नेताहरूले पनि उठाउनुभएको थियो । र, विज्ञहरूले भएको के हो ? भनेर भन्नुपर्ने हुन्छ । किनभने यो जटिल किसिमको भएकाले अनुसन्धान र विज्ञताको आवश्यकता भएकाले सरकारलाई यसलाई नामकरण गर्नुपर्छ भनेर भन्ने निर्णय गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्