Logo
Logo

युवासंघका नेतामाथि सांघातिक आक्रमण, गुण्डागर्दी गर्ने लामालाई प्रहरीले पक्राउ गरेन




काठमाडौं । कांग्रेस नेता बालकृष्ण खाण गृहमन्त्री भएपछि गुण्डागर्दी बढेको छ । कांग्रेसको आवरणमा गुण्डागर्दी गर्नेहरु सल्बलाउन थालेका छन् । राजधानी काठमाडौंमा दिनदहाडै गुण्डाहरुले मरणासन्न हुनेगरी सांघातिक आक्रमण हुन थालेको छ । आक्रमणकारीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । युवासंघ ओखलढुंगाका सहसचिव एबं सुनकोशी माध्यामिक विद्यालयका अध्यक्ष सुदर्शन सापकोटामाथि सांघातिक आक्रमण गर्ने बुद्ध लामा भन्ने बुद्धबहादुर तामाङलाई प्रहरीले जाहेरी दर्ता भएको ६ दिनसम्म पनि पक्राउ गरेको छैन ।

२०७८ कात्तिक १८ मा सुकेधारस्थित यूनिर्भसल क्याफेमा बसिरहेका सापकोटामाथि सुनकोशी गाउँपालिका–२ ओखलढुंगा घर भई हाल बौंद्ध नयाँबस्ती बस्ने ४० वािर्षय बुद्ध लामाको नेतृत्वमा १०–१२ जनाको समूहले आक्रमण गरेको थियो । गुण्डागर्दीको पृष्ठभूमि भएका लामाले टोली लिएर क्याफेमा पुगी सापकोटामाथि खुडा र खुकुरी प्रहार गरी आक्रमण गरेका हुन् । लामाले पेस्तोल पनि बोकेको पीडित सापकोटाले बताएका छन् ।


सापकोटाले जाहेरी दिंदा पनि प्रहरी खोजिरहेको भन्दै लामालाई पक्राउ गरेको छैन । प्रहरीले खोजी भइरहेको छ, भेटिएको छैन भन्छ । तर बुद्ध लामा भने ओखलढ्ंगा कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधिको उम्मेदवार भन्दै फेसबुकमै प्रचार गरिरहेका छन् । सामाजिक संजालमा अधिवेशनको प्रचार गरिरहेका र मोवाइल पनि चालु रहेका लामालाई प्रहरीले पक्राउ नगरी भेटिएन भन्ने बहाना बनाउँदैआएको छ ।


आक्रमणकारी लामा काठमाडौंमा पनि निर्धक्क हिंडिरहेका छन् । महानगरीय काठमाडौं परिसर काठमाडौंले महानगरीय प्रहरी बृत्त महाराजगंजलाई पक्राउ गर्न आदेश दिएको दाबी गर्दछ । तर महाराजगंजले पक्राउ गर्न चासो देखाएको छैन । पीडित सापकोटाको प्रश्न छ–चेन अफ कमाण्डमा चल्ने प्रहरी संगठनको माथिल्लो निकायले दिएको आदेश मातहतले नटर्ने कस्तो आदेश दिएको हो ? कांग्रेस नेताहरुको दबाबमा ज्यानै लिने उद्देश्यले आक्रमण गर्नेहरुलाई प्रहरीले पक्राउ नगरी संरक्षण गरेको त होइन भन्ने आशंका पीडित सापकोटाले गरेका छन् । घाइते सापकोटाको अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
बुद्ध लामा यसअघि २०६६ मा पनि ज्यानमार्ने उद्योगमा बौद्ध प्रहरी बृत्तबाट पक्राउ परी छुटेका हुन् । कमला शाहीको जाहेरीमा उनी पक्राउ परेका थिए । उनी पटक पटक अपराध गर्ने र पक्राउ पर्देैआएका छन् । पछिल्लो पटक उनी नेपाली कांग्रेसमा आवद्ध भई गुण्डागर्दीमा लागेका छन् । लामा प्रहरीको खोजी सूचीमा रहेको पनि बताइएको छ । लामामाथि २०७४ सालको चुनावमा गाउँपालिका अध्यक्षका उम्मेदवार ज्ञानबहादुर खड्का (जीबी) माथि पनि धारिलो हतियार प्रायोग गरी ज्यान मार्न खोजेको अभियोग छ । तर, त्यतिबेला खड्काले भागेर ज्यान बचाएका थिए ।

प्रतिक्रिया दिनुहोस्