Logo
Logo

ललितपुरमा दुर्घटना, एकको मृत्यु


- दृष्टि न्युज/संवाददाता


ललितपुर, २७ बैशाख । ललितपुरको एकान्तकुनामा भएको दुर्घटनामा एकको मृत्यु भएको छ । भ्यानको ठक्करबाट एक जना भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

बा २१ च १३३३ नम्बरको भ्यानले बिहीबार राति ठक्कर दिँदा साइकलमा सवार भारतीय नागरिक ३५ वर्षका अमरे आलमको मृत्यु भएको हो । उनी काठमाडौंको कुलेश्वर बस्दै आएका थिए । ठक्करबाट गम्भीर घाइते उनकने उपचारका क्रममा नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

सोही भ्यानको ठक्करबाट एक पैदलयात्री पनि घाइते भएका छन् । मेडिसिटी अस्पतालमै उपचार भइरहेको छ । भ्यानका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्