Logo
Logo

जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने बारको तयारी



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई आज सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएशनले प्रवेश गर्न नदिने भएको छ ।

बारले सर्वोच्च परिसरमा विहिबार भएको विरोध सभामा प्रहरीले हस्तक्षेप गरेको भन्दै आज बिहान १० बजे अघि नै भेला भएर आन्दोलन गर्न लागेको जनाएको छ ।

सबै कानुन व्यवसायीलाई बिहान साढे ९ बजे नेपाल बार एसोसिएशनमा उपस्थित हुन बार एसोसिएशनका महासचिव लिलामणि पौडेलले विज्ञप्तिमार्फत निर्देशन दिएका छन् । बारले प्रधानन्यायाधीशको विरोधमा थप कठोर कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

यस्तै बारले आज सर्वोच्च अदालतका सम्पूर्ण बेन्चमा कुनै पनि मुद्दामा बहस पैरवी नगर्न, बेन्च बहिष्कार गर्न र न्यायाधीशलाई समेत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले तोक्ने वा तोकेका इजलासमा नबस्न पनि अपिल गरेको छ । १९ दिनदेखि सर्वोच्चमा प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्