Logo
Logo

प्रधानन्यायधीशको राजीनामा माग्दै कानुन व्यवसायीको धर्ना



काठमाडौं । प्रधानन्यायधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारी र कानुन व्यवसायीले सर्वोच्च अदालतको मुख्य गेट अगाडि धर्ना दिएका छन् ।

बार भवनबाट सर्वोच्च प्रवेश गर्ने गेट प्रहरीले बन्द गरेपछि उनीहरुले सर्वोच्चको मुल गेटबाट सर्वोच्च प्रवेश गर्न खोजेका थिए । तर, प्रहरीले मूल गेटमा रोकेपछि बारमा पदाधिकारीहरु र कानुन व्यवसायीहरुले सर्वोच्चको गेटमा धर्ना दिएका हुन् ।

उनीहरुले प्रधानन्याधिशको राजीनामा माग गर्दै चर्का नारा लगाएका थिए । यसअघि बिहीबार अदालत परिसरमा प्रहरीले हस्तक्षेप गरेको भन्दै बारले प्रधान्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो ।

यसैबीच सर्वोच्च अदालतको मूल गेट अगाडि प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्ने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधान्यायाधीश जबराको पक्षमा नाराबाजी गर्दै उनीहरुले बारको धर्ना बिथोल्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्