Logo
Logo

जबरालाई आइतबार पनि अदालत प्रवेशमा रोक्ने बारको घोषणा


693
Shares

काठमाडौंं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आन्दोलनरत नेपाल बार एशोसिएसनले आइतबार पनि सर्वोच्च अदालत प्रवेशमा रोक्ने गरी सर्वोच्च अदालतमा धर्ना दिने भएको छ ।

कानुन व्यवसायीहरुले शुक्रबार सर्वोच्चको मूल गेटमा बारको आह्वानमा धर्ना दिएका थिए । तर प्रधानन्यायाधीश जबरा अर्कै गेटबाट अदालत प्रवेश गरेका थिए ।

धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि धर्ना दिने बताए । आफूहरु सडकमा जान नचाहेको, तर सर्वोच्च प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर गेट बन्द गरेका कारण सडकमा धर्ना दिनुपरेको उनको भनाई छ ।

यस्तै आइतबार नेपाल बारतर्फको सानो गेट बन्द नगर्न आग्रह गर्दै उनले आफुहरु सर्वोच्च अदालतको प्रांगणमा धर्ना दिने बताए ।

प्रतिक्रिया दिनुहोस्