Logo
Logo

समाचारदातालाई काममा फर्काउन काउन्सिलको आग्रह



काठमाडौं । प्रेस काउन्सिल नेपालले समाचारदाता (स्ट्रिञ्जर)लाई काममा फर्काउन आग्रह गरेको छ ।

काउन्सिलले शक्रबार विज्ञप्तिमार्फत गोरखापत्र दैनिकमा कार्यरत २८ जना समाचारदातालाई काममा नलगाइएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरूलाई तत्काल काममा फर्काउन आग्रह गरेको हो ।

काउन्सिलअन्तर्गतको श्रमजीवी हित तथा कानुन उपसमितिको हालै बसेको बैठकले यस्तो आग्रह गर्ने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त विषयमा काउन्सिलमा उजुरीसमेत परेकाले अध्ययन भैरहेको विज्ञप्तिमा जनाइएको छ ।

यस्तै बैठकले केही सञ्चार गृहहरूले कोरोना महामारीलाई देखाएर श्रमजीवी पत्रकारहरूलाई पारिश्रमिक उपलव्ध नगराइएको र सेवाबाटै निष्काशन गरेकोप्रति पनि ध्यानाकर्षण भएकाले यस्तो कार्य नगर्न÷नगराउन सम्वद्घ सबै पक्षसँग आग्रह गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्