Logo
Logo

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु



काठमाडौं । नेकपा एकीमृत समाजवादीको स्थायी कमिटी बैठक भर्खरै सुरु भएको छ । नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा सुरु भएको आजको बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्दैछ ।

पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा नेकपा (एमाले)सहितका विभिन्न पार्टी परित्याग गरी समाजवादी पार्टी प्रवेश गरेका एवं प्रवेश गर्ने तयारीमा रहेका नेताहरुको जिम्मेवारी र भूमिकाबारे निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस्