काठमाडौं । क्रिकेटर कविता गौतमलाई क्रिकेट खेलाडी संघ नेपालले आर्थिक सहयोग गर्ने भएको छ। चोटका कारण मैदान बाहिर रहेकी उनलाई एक लाख आर्थिक सहयोग गर्ने संघले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।
क्रिकेट खेलाडी संघ नेपालका अध्यक्ष डा. मनिषराज पाण्डे र महासचिव पारस खड्काले संयुक्तरुपमा विज्ञप्ति जारी गरेका छन्।
‘महिला क्रिकेट खेलाडी कविता गौतमको जीवन काहानी र चोटका विषयमा पछिल्लो समयमा सामाजिक सञ्जालबाट प्राप्त समाचारप्रति ध्यानाकर्षण भएको छ। कविता गौतमको उपचारका लागि संघको तर्फबाट रु. एक लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराउदछौं। यसका साथै निजको उपचारका लागि अस्पताल र चिकित्सकहरुसँग क्रिकेट खेलाडी संघ नेपालले आवश्यक परामर्श र समन्वय गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ।