Logo
Logo

मेहनत र परिश्रमले मान्छेलाई महान् बनाउँछ : सभामुख सापकोटा


567
Shares

काभ्रे । सभामुख अग्नीप्रसाद सापकोटाले मान्छेलाई मेहनत र परिश्रमले महान बनाउने भएकाले जीवनमा मेहनत आवश्यक रहेको बताएका छन् ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ खड्पुमा रहेको एसओएस बालग्राम नेपालले ३५औँ एसओएस अन्तरराष्ट्रिय दिवस २०२१ का अवसरमा आज आयोजित ‘सन् २०२० मा एसओएस बालग्राम काभ्रेलाई उल्लेख्य योगदान दिने व्यक्तित्व सम्मान’ कार्यक्रममा उहाँले कुनै पनि काम सानो र ठूलोको रुपमा नलिई त्यसलाई गम्भीररुपमा लिएर राम्रोसँग अवलम्बन गरेमा मानवीय जीवन सफल र खुशी हुने विश्वास व्यक्त गरे ।

उनले एसओएस बालग्रामले मानव सेवाको लागि थकाइको महसुस नगरिकन जीवन, जगत, मानवजाती र प्राणी जगतका लागि सङ्घर्ष गरेकाले त्यसमा लागेर सेवा गरिरहेकाबाट काम र व्यवहारले देखाएर उदाहरणीय बनेको बताए ।

मान्छेले सत्य र निष्ठाको कुरा गरिरहँदा उसको जीवनशैली र चरित्र कस्तो छ भन्नेले ठूलो अर्थ राख्ने भएकाले त्यसको नमुना काम बालग्रामले गरेर देखाएकामा खुशी व्यक्त गरे ।

उनले अझै पनि अध्ययन, ज्ञान र मेहनतको आवश्यक रहेकाले बालग्राममा अध्ययन गरिरहेका विद्यार्थी बालबालिकालाई मेहनतको विकल्प नभएकाले त्यसमा ध्यान दिन आग्रह गरे ।

मेहनत र ज्ञानको विकल्प खोज्न थाल्यौँ भने मान्छेले केही गर्न नसक्ने उल्लेख गर्दै उहाँले सङ्घर्ष, मेहनत र अध्ययनको लागि जोड दिए ।

सफल मान्छे बन्नका लागि पर्याप्त सामग्री रहेको बताउँदै सभामुख सापकोटाले मानवीय जीवनका लागि सरसफाइ महत्वपूर्ण भएको बताउँदै बालग्रामलाई सफा बनाउन भूमिका खेल्ने सफल उदाहरण भएको बताए ।

राम्रो बन्नका लागि सबैले निष्ठाका साथ काम गर्न आवश्यक रहेको उनको भनाइ छ । सो क्रममा उनले सङ्घीयसभाको सभामुख भएको कारण समस्त बालबालिकाको लागि बालबालिकाको हितमा संसदबाट ऐन, कानुन र नियम बनाउन उपयुक्त भूमिका खेल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्