न्यायालयबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड « Drishti News – Nepalese News Portal
Logo

न्यायालयबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड


दृष्टि संवाददाता


भोजपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा भएको विवादका विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताएका छन् ।

माओवादी केन्द्र भोजपुरले आज यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘न्यायलय जस्तो स्वतन्त्र र गरिमामय संस्था विवादमा मुछिनु राम्रो होइन, सर्वोच्च अदालत भित्रको विवाद त्यहीँ भित्रबाटै मिलाउन सके राम्रो हुन्छ तर त्यस विषयमा हाम्रो साझाधारणा छिट्टै बाहिर ल्याउँछौँ ।’

अहिलेको पाँचदलीय गठबन्धन चुनावसम्म नै जाने बताउँदै उनले आवश्यक परे निर्वाचन पछाडिसम्म पनि जान सकिने बताए । स्थानीय तहको चुनाव निर्वाचन आयोगले चैत्रमा तोकेको भए पनि संविधानअनुसार छ महिना अघिपछिसम्म पनि सार्न सकिने अध्यक्ष प्रचण्डले बताए ।

सकेसम्म एकैपटक तीनै तहको चुनाव गर्न सके चुनावमा हुने खर्चसमेत जोगीने उनको भनाइ छ । पूर्वाञ्चल कम्युनिष्ट आन्दोलनको उर्वभरभूमि रहेको झापा विद्रोहलगायत ठूलठूला आन्दोलनहरू पूर्वबाटै सुरु भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्