Logo
Logo

बसबाट नेपाल फर्कंदै महिला क्रिकेट टोली



काठमाडौं । बाङ्ग्लादेशमा मैत्रीपूर्ण क्रिकेट खेल्न गएको नेपाली राष्ट्रिय महिला टोली ढाकामा विमान चढ्न नपाएपछि बस चढेर नेपाल फर्किँदै छन् ।

पूर्वनिर्धारित हिमालय एयरलाइन्सको उडानबाट बिहीबार नेपाल फर्किन नपाएपछि उनीहरूलाई शुक्रबार बसमा भारतको बाटो हुँदै नेपाल फर्काइँदै छ ।

कोभिड परीक्षणबिनै स्वदेश फर्किन ढाका विमानस्थल पुगेपछि विमान चढ्न नपाएको विषयको अनुसन्धान गरिने नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् । नेपाल ल्याउने विकल्प रोजिएको क्यानका अध्यक्षले बताए ।

अध्यक्ष चन्दका अनुसार स्थानीय आयोजकहरूले स्पष्टसँग त्यहाँको व्यवस्था नभनेका कारण विमानस्थल पुग्दा उड्डयन अधिकारीहरूले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट मागेपछि नेपाली टोलीहरु सो अवस्था सिर्जना भएको हो ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्