एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट « Drishti News – Nepalese News Portal
Logo

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को आज (शनिबार) केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ । शुक्रबार काठमाडौंमा बसेको पार्टीको स्थायी कमिटी बैठकले शनिबार र आइतबार काठमाडौंमा बस्ने केन्द्रीय कमिटीको दोश्रो पूर्ण बैठकको एजेण्डा तय गरेको हो ।

केन्द्रीय कमिटीको पहिलो दिन शनिबार केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई सपथ गराइने नेता गंगालाल तुलाधरले जानकारी दिए ।

त्यस्तै बैठकमा संघीय सरकारका क्रियाकलापका बारेमा पार्टीबाट गएका मन्त्रीहरुबाट जानकारी लिने र प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीबाट आगामी कार्ययोजना पेश हुने कार्यसूची तय भएको उनको भनाई छ ।

त्यस्तै बैठकको दोश्रो दिन केन्द्रीय सचिवालय र कार्यालयहरुबाट भएका काम कारवाहीहरु अनुमोदन हुनेछन् । त्यस्तै बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्षले दिने र समसामयिक प्रस्ताव पारित गर्दै बैठक सकिने तुलाधरले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकमा नेकपा समाजवादीले सातवटै प्रदेशबाट पार्टीको अवस्थाका बारेमा रिर्पोट लिने तय गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्