
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा कुनै पनि उल्लेखखनीय मौसम प्रणाली छैन । हाल देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
आज देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको मौसमसम्बन्धि विवरणमा उल्लेख छ ।
यस्तै महाशाखाले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।
शनिबार देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । आइतबार भने देशका प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।











