Logo
Logo

प्रधानसेनापति शर्मा भारत भ्रमण सकेर फर्किए



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमण पूरा गरेर शुक्रबार साँझ स्वदेश फिर्ता भएका छन् ।

गत मंगलबार भारतमा गएका शर्माले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी (प्रमुख)को दर्ज्यानी प्रदान गरेका थिए ।

प्रधानसेनापति शर्माले भारतमा रहँदा रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकर, प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग शिष्टाचार भेट गरेका थिए ।

भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको निमन्त्रणामा गएका उनले सेनाका अन्य अधिकारीहरुसँग समेत भेटवार्ता गरेका थिए। नेपाल र भारतका सेना प्रमुखहरु एक अर्को देशको मानार्थ महारथी रहने सैनिक प्रचलन रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्