Logo
Logo

देशभरबाट महाधिवेशन प्रतिनिधि छान्दै एमाले



काठमाडौं । नेकपा एमालेले आज मुलुकभरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दैछ । संगठित सदस्यताका आधारमा जिल्लाबाट प्रतिनिधि चयन हुनेछन् । देशभर आज एकैसाथ एमालेले चुनाव गर्नेछ । एमालेसँग हालसम्म ८ लाख १० हजार संगठित सदस्य छन् ।

कति पय स्थानमा यसअघिनै सर्वसम्मत प्रतिनिधि चयन भइसकेका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय संगठित सदस्यबाट १ महिला र २ खुलासहित ३ जना चयन गर्ने व्यवस्था छ । एमाले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशन गर्दैछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन प्रतिनिधि चयनको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै उच्च समझदारीका आधारमा प्रतिनिधि चयन गर्न आग्रह गरिसकेका छन् ।

एक निर्वाचन क्षेत्रबाट पार्टीका एक हजार दुई सदस्य बराबर तीन जना प्रतिनिधि छनोट गर्ने व्यवस्था एमालेले गरेको छ । जसमा एक जना महिला अनिवार्य गरिएको छ। यसअघि एक हजार पाँच सय सदस्य बराबर तीन जना छनोट गर्ने व्यवस्था रहेको थियो ।

एक हजार दुई सयभन्दा बढी सदस्य भएको निर्वाचन क्षेत्रमा थप प्रतिनिधि छनोट गर्ने व्यवस्था छ। यस अनुसार, आठ सय जना बराबर एक जना महाधिवेशन प्रतिनिधि छनोट गरिनेछ।

प्रतिक्रिया दिनुहोस्