आजदेखि कांग्रेसका स्थगित अधिवेशनहरू सुरु हुँदै « Drishti News – Nepalese News Portal
Logo

आजदेखि कांग्रेसका स्थगित अधिवेशनहरू सुरु हुँदै


दृष्टि संवाददाता


काठमाडौं आजदेखि नेपाली कांग्रेसका रोकिएका अधिवेशनहरू सुरू हुँदैछन् । आज १० जिल्लामा वडा अधिवेशन हुँदैछ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संशोधित कार्यतालिका अनुसार शनिबारदेखि बाँकी अधिवेशन प्रक्रियाहरू हुँदैछ ।

कांग्रेसमा १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी रहेकोमा पर्सा, सर्लाही र रसुवामा आज अधिवेशन नहुने समितिले जनाएको छ । शनिबार डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, बारा र रौतहटमा वडा अधिवेशन हुँदैछ । त्यस्तै शनिबार नै सोलुखुम्बु, दार्चुला र म्याग्दीमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने महाधिवेशनको कार्यतालिकामा उल्लेख छ ।

क्रियाशील सदस्यता विवाद टुंग्याउन ढिलाइ भएका कारण प्रदेश दुईका आठसहित १३ जिल्लामा वडा अधिवेशन ढिलो गरी सुरु भएको हो । कांग्रेसको ४६ जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको छ भने हिमाली १३ जिल्लामा जिल्ला अधिवेशनन सम्पन्न भइसकेको छ । कांग्रेसको १४ औं महाधिवेशन महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्