Logo
Logo

माओवादी केन्द्रको आज देशभर टोल सम्मेलन


945
Shares

काठमाडौं । आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थानीय सम्मेलन आज (शनिबार) देखि शुरु भएका छन् ।

माओवादीले ११–१३ मा हुने राष्ट्रिय सम्मेलनका लागि आज देशभर टोल सम्मेलन गर्दैछ ।

मंसिर ४ गतेसम्म वडा सम्मेलन र ११ गतेसमम पालिका सम्मेलन गरिसक्नुपर्ने छ । प्रदेश सम्मेलन भने मंसिर २५ गतेसम्म गरिसक्नुपर्ने छ ।

राष्ट्रिय सम्मेलनका लागि माओवादीले हिजोसम्म म्याद राखेर सदस्यता नवीकरण अभियान चलाएको थियो । माओवादीले यस अवधिमा करिब पौने ७ सात लाख संगठित सदस्यले सदस्यता नवीकरण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्