Logo
Logo

समाजवादी प्रेस संगठनले प्रतिगामीलाई खबरदारी गर्नेछ : शम्भु श्रेष्ठ



काठमाडौं । समाजवादी प्रेस संगठनका संयोजक शम्भु श्रेष्ठले आफु र आफ्नो संगठनले प्रतिगामीहरुलाई सँधै खबरदारी गर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालको काठमाडौंमा आज आयोजित घोषणा सभामा बोल्दै संयोजक श्रेष्ठले देश र जनताको लागि कलम चलाएका आफुहरु युद्धको मैदानमा रहेको बताए ।

‘हामी यहाँ साजवादी बिचार बोकेका साथीहरु उपस्थित छौँ, हाम्रो संगठनले प्रतिगामीलाई खबरदारी गर्नेछ’ उनले भने, ‘संगठनले आन्दोलनको मैदानमा विद्रोहको झण्डा बोकेर आएको हौँ । हामी कम्युनिष्ट आन्दोलनलाई उठाउनेछौँ ।’

यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीलाई लेमाले बनाएको आरोप लगाए । कार्यक्रममा उनले भने, ‘ओलीले एमालेलाई लेमाले बनाए । हामी यसको विरोधमा उत्रिएका हौँ । केपी ओली मुर्दाबाद भनुम सबैले ।’

प्रतिक्रिया दिनुहोस्