Logo
Logo

एकीकृत समाजवादीका केन्द्रीय सदस्यले लिए सपथ



काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् । सानेपामा जारी दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् ।

एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । केन्द्रीय सदस्यहरुलाई अध्यक्ष माधवकुमार नेपालले शनिबार शपथ गराएका हुन् । केन्द्रीय कमिटीले पूर्णता पाएपछि पहिलो पटक बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्