Logo
Logo

एकीकृत समाजवादी जिरी नगर कमिटीको कार्यलय उद्घाटन



दोलखा । नेकपा एकीकृत समाजवादी जिरि नगर कमिटिको कार्यलय उद्घाटन भएको छ । जिरी नगर कमिटीका अध्यक्ष शैलेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष भीम दहाल र सचिव प्रोणप्रताप केसीले कार्यालयको उद्घाटन गरेका हुन् ।

एकीकृत समाजवादी जिरी नगरका अगुवा नेता कार्यकर्ताको उपस्थितिमा भएको कार्यलय उद्घाटन कार्यक्रममा जिरिका निष्ठावान नेताहरु सुनिता दहाल, नुर्पा दावा शेर्पा, दोर्जी शेर्पा, केशबहादुर तामाङ, प्रेमबहादुर कार्की, मोहन खड्का, विशाल काफ्ले, लव जिरेल, जयबहादुर तामाङ, हर्क जिरेल, केशरबहादुर जिरेल, प्रकाश श्रेष्ठ, भेषबहादुर खड्कालगायतका जिरिका संस्थापक र पुराना नेताहरुको उपस्थितिमा कार्यलय उद्घाटन गरिएको हो ।

कार्यलय उद्घाटन कार्यक्रममा अनेरास्ववियु दोलखाका उपाध्यक्ष तेजश्वी बस्नेत, युवा संघ दोलखाका सहअध्यक्ष रामहरि शिवाकोटी, केन्द्रीय सदस्य सुन्दर दहाल, नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य मरिच खड्का, सचिव प्रोणप्रताप केसी, अध्यक्ष भीम दहाललगायतले पार्टीको समसामयिक बिषयमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्