Logo
Logo

‘आगामी निर्वाचनमा एमाले पत्तासाफ हुन्छ’



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा रहेका केही नेताहरुको बिजोग भएको बताएका छन् ।
समाजवादी काभ्रे काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओली सुध्रिन्छन् कि भनेर एमालेमा बसेका नेताहरुको बिजोग भएको तर्क गरेका हुन् ।

उनले अहिले पनि एमालेभित्र ओलीले गुट चलाइरहेको धारणा राखे । नेपालले केही नेताहरु समाजवादीमा फर्कनेक्रम सुरु भइरहेको पनि दावी गरे । पुराना पार्टीसँगै बिद्रोह गरेर बनेको पार्टीमा जनलहर र उत्साह देखिएको उहाले बताउनुभयो । उहाले आउने राष्ट्रियसभा निर्वाचनमा मिलेर जाने सहमति गठबन्धनबीच भएको भन्दै अबको निर्वाचनमा एमालेको पत्तासाफ हुने दावी गरे । अबको निर्वाचनमा कलम चिन्हका साथ जनतामाझ जाने र जनताले विश्वास गर्ने उनको भनाइ छ ।

कार्यक्रममा विभिन्न दलबाट आएका व्यक्तिलाई अध्यक्ष नेपालले समाजवादी प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्