Logo
Logo

ओली नेतृत्वको एमालेमा कम्युनिस्ट चरित्र नै छैन : झलनाथ खनाल


4.9k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको एमालेमा कम्युनिस्ट चरित्र नै नभएको बताएका छन् ।

शनिबारबाट सुरु भएको पार्टीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता खनालले ओलीको नेतृत्वको एमालेमा कम्युनिस्ट समूह हुन आधारभूत कुरा नै नभएको बताएका हुन् ।

उनले पहिलो मार्क्सवाद लेनिनवाद मान्ने, दलाल पुँजीवाद र साम्राज्यवादविरुद्ध संघर्ष गर्ने, वैज्ञानिक समाजवादका लागि दृढतापूर्वक पालना गर्ने समूहहरूलाई कम्युनिस्ट समूह मान्नुपर्ने विचार व्यक्त गरे ।

उनले नेकपा एमाले दक्षिणपन्थी गुटले कब्जा गरेकाले विद्रोह गरेर नयाँ पार्टी गठटन गर्नुपरेको बताएका छन् ।

एमालेको नेतृत्व दक्षिणपन्थी गुटले कब्जा गरेको, गुटवादी क्रियाकलाप सञ्चालन गरेको र पार्टीमा वैचारिक सैद्धान्तिक विचलन भएकाले आफूहरूले विद्रोह गर्नुपरेको बताएका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवादी क्रान्तिको रूपान्तरणलाई समेत अस्वीकार गरेकाले विद्रोह अनिवार्य भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्