Logo
Logo

प्रधानन्यायाधीशको राजीनामा माग्दै शान्ति समाजको प्रदर्शन



चितवन । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । समाजले शनिबार चितवनको पुलचोकमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा न्यायालयलाई प्रदुषित बनाउन पाइँदैन, सौदावाजी गर्ने प्रधानन्यायाधीश चाहिँदैन, न्यायालयमा राजनीतिक नियुक्ति बन्द गर, न्यायालयमा भागबण्डा बन्द गर, प्रधानन्यायाधीश शिघ्र राजीनामा देउलगायतका नारा लगाएका थिए ।

प्रधानन्यायाधीशले राजिनामा नदिए महाअभियोग लगाउन समेत उनीहरुले माग गरे । प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रीय सभापति गोविन्द खनाल, संस्थापक सदस्यहरु कृष्ण कँडेल र लिला खनाल, वरिष्ठ उपसभापति सुशील बस्नेत, उपसभापतिहरु कृष्णबहादुर रावल र रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल र चितवन शाखा सभापति शम्भु राउतलगायत दर्जनौँ अधिकारकर्मीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्