Logo

जबज एकीकृत समाजवादीको मार्गदर्शन सिद्धान्त बन्न सक्दैन : झलनाथ खनाल

मार्क्सवाद–लेलिनवाद मार्गदर्शन सिद्धान्त हुने



काठमाडौं । नेकपा (एकीकृत समाजावादी) का सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) अब पार्टीको मार्गदर्शन सिद्धान्त बन्न नसक्ने बताएका छन् ।

काठमाडौंमा आजदेखि सुरु भएको एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटी बैठकमा बैचारिक राजनीतिक प्रतिवेदन पेश गर्दै नेता खनालले जबज पार्टीको मार्गदर्शन सिद्धान्त बन्न नसक्ने उल्लेख गरेका छन् । एकीकृत समाजवादीको मार्गदर्शन सिद्धान्त ‘माक्र्सवाद–लेलिनवाद’ हुने उनले उल्लेख गरेका छन् ।

‘अब जबज हाम्रो मार्गदर्शन सिद्धान्त बन्न सक्दैन् । माक्र्सवाद ­लेलिनवाद नै हाम्रो मार्गदर्शन सिद्धान्त हो । त्यसको प्रकाशमा हामीले समाजवादी क्रान्ति र रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्य निर्धारण गरेर अघि बढ्नु पर्छ’ पूर्वप्रधानमन्त्री समेत रहेका सम्मानित नेता खनालले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

स्वरुपमा जति धेरै जनवाद जन्माए पनि तिनीहरु सबै सारतः पुँजिवादी जनवाद कै विभिन्न रुपहरु मात्र रहेको उनले जनाएका छन् । अहिले नेपालमा जुन जनवाद स्थापना भएको छ,त्यो नै जनताको बहुदलीय जनबाद पनि रहेको जनाउदै ‘पाँचौं महाधिवेशनमा क.मदन भण्डारीले अघि सारेको जनवाद मूलतः यही नै हो । त्यो जनबादको माग नीति र सिद्धान्तहरूलाई नेपालको संविधानमा पूर्णरुपले संस्थागत गरिएको छ ।’

जबज भनेको पनि पुँजीवादी जनवाद कै एउटा रूप रहेको र त्यसलाई नेपालमा ०६२/६३ मा आएपछि पुँजिवादी जनवादी क्रान्ति सम्पन्न गरि सकेको निष्कर्ष उनको छ । नयाँ संविधानमार्फत जनताको बहुदलीय जनबाद लागू गरिसकिएको र अब यो जनवादलाई भरपूर उपयोग गर्दै एकीकृत समाजवादीले मुलुकलाई शान्तिपूर्ण, प्रयत्नद्धारा लोकतान्त्रिक ढंगले समाजवादी क्रान्ति र रूपान्तरणको दिशातिर अघि बढाउनुपर्ने निष्कर्ष खनालको रहेको छ ।

नेकपा ( एकीकृत समाजवादी)केन्द्रीय कमिटीको दोस्रो बैठकमा प्रस्तुत वैचारिक राजनीतिक टिपोटहरु :

१.सबै केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई अभिभादन !
२.नेपाली क्रान्तिका २ चरणहरु छन्,पहिलो चरण सकियो, दोस्रो सुरु भयो
३.नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली क्रान्ति एउटा नयाँ मोड बाट अघि बढ्दैछ
— पुँजिवादी जनवादी क्रान्ति सम्पन्न भयो ।
— हामी समाजवादी क्रान्ति र रूपान्तरणको नयाँ युगमा आयौ ।
— कम्युनिष्ट आन्दोलनलाई त्यो धरातलमा उठाउनुपर्छ
— माक्र्सवाद­ लेलिनवादलाई आजको वास्तविकतामा लागू गर्दै समाजवादी क्रान्ति र रूपान्तरणका कार्यदिशा, नीति र सिद्धान्तहरूको विकास गर्दै नेपाली क्रान्तिलाई अघि बढाउनुपर्छ ।
४.यो नयाँ युगमा कस्ता समूहका संगठनलाई कम्युनिष्ट समूह मान्न वा भन्न सकिन्छ?
१.माक्सवाद लेलिनवादलाई मार्गदर्शन सिद्धान्त मान्ने ।
२.दलाल पुँजीवाद र साम्राज्यवाद तथा प्रभुत्ववादको विरोध गर्ने ।
३.वैज्ञानिक समाजवाद स्थापना गर्नका निम्ति समाजवादी क्रान्ति र रूपान्तरणको बाटोमा दृढतापूर्वक लाग्ने कुरालाई लक्ष्य बनाउने ।
५.हामीले किन बिद्रोह गर्नु पर्योरु
— पार्टीको नेतृत्व दक्षिणपन्थी अवसरवादी गुटले कब्जा गरेकोले ।
— त्यसले पार्टी व्यापी रुपमा गुटबादी क्रियाकलाप मात्र गरेकाले ।
— पार्टीको वैचारिक ­राजनीतिक­ सैद्धान्तिक विकास र रुपान्तरण ठप्प भएकाले ।
— पार्टी व्यापी रुपमा व्यक्ति स्वार्थ, पदलोलुप्ता र आफ्नो गुटलाई मात्र पक्षपोषण गर्ने र अन्य कार्यकर्तालाई पाखा लगाउन थालेकाले ।
— मुलुक समाजवादी क्रान्ति र रूपान्तरणको नयाँ युगमा आएको कुरालाई अस्वीकार गरेकाले ।
— नेपाली जनताले विगत चुनावमा दिएको दुई तिहाईको बहुमत लाई पटक पटक ध्वस्त पारेकाले ।
— एकीकृत भइसकेको पार्टीलाई “उत्प्रेषणको आदेश” गराएर फेरि विभाजन गरेकाले र एमालेलाई गुटको पार्टी बनाएकाले ।
— नेपाली क्रान्तिका बारेमा, नेपाली समाजको चरित्रका बारेमा, अब पार्टीको लक्ष्य के हो भन्ने बारेमा, पार्टी र क्रांतिको मार्गदर्शक सिद्धान्तका बारेमा पूर्णरूपले दक्षिणपन्थी विश्लेषण अघि सारेकोले ।
— एमाले नेतृत्व गुटको नेतृत्वमा समाजवादको दिशामा अघि बढ्न असम्भव भएकाले ।
६.विद्रोह भनेको विभाजन र विनास होइन ।
— विद्रोह जहिलेपनि यथास्थितिवाद पश्चगमनका विरुद्ध हुन्छ ।
— विद्रोह जहिलेपनि नविनता का निम्ति हुन्छ ।
— विद्रोह जहिलेपनि नयाँ सिर्जनाका निम्ति हुन्छ ।
— विद्रोह जहिलेपनि अग्रगतिका बाधा बिग्न पुर्याउने शक्ति र प्रवृत्तिका विरुद्ध हुन्छ ।
— विद्रोह जहिले पनि क्रान्तिकारी परिवर्तनका निम्ति हुन्छ ।
— बिद्रोह जहिले पनि एउटा प्रणाली र पद्दतिलाई तोडेर नयाँ प्रणली र पद्दति बिकास र्गाका निम्ति हुन्छ ।
— त्यसैले हाम्रो विद्रोह न्यायपूर्ण छ ,प्रगतिशील छ, क्रान्तिकारी छ र औचित्यपूर्ण छ ।
— कहिलेकाहीँ आफैंले बनाएको संगठनमा बिद्रोह गर्नुपर्छ ।
पहिलो अन्तर्राष्ट्रिय ­ माक्र्सको बिद्रोह
दोस्रो अन्तर्राष्ट्रिय ­ लेनिनको विद्रोह
पेरिस विद्रोह
अक्टोबर विद्रोह
दरभंगा विद्रोह
झापा विद्रोह आदि आदि।
७. माक्र्सवाद र वर्गीय लोकतन्त्रका चार ऐतिहासिक स्वरुपहरु
मानव जातिको ऐतिहासिक विकास सग सगै विभिन्न सामाजिक, आर्थिक ढाँचाहरु विकसित भए, तिनीहरुकै प्रतिबिम्ब स्वरुप लोकतन्त्रका पनि विभिन्न स्वरुपहरु विकसित भए ।
१.आदिम साम्यवाद : त्यो लाखौँ वर्ष रह्यो । प्राकृतिक नियम अनुरुप चल्यो तर त्यस बेला कुनै तन्त्रको विकास भएन ।
२.दास प्रथा र दासकालिन लोकतन्त्र : दासप्रथा आएपछि समाज वर्गीय रुपले विभाजित भयो
— दास कालिन गुणका गणराज्यहरु बिकसित भए ।
— लोकतान्त्रिक गणराज्यहरु पनि विकसित भए ।
— त्यहीँ कालबाट राजतन्त्रको पनि उदय भयो ।
— कपिलबस्तु लोकतन्त्र : दासकालिन लोकतन्त्रको एउटा नमूना हो ।
३.सामान्तवाद सामन्ती लोकतन्त्र
— सामन्तवादको कालमा विश्वव्यापी रुपमा नै निरंकुश राजतन्त्रहरु विकसित भए
— हुकुमी शासन सुरु भयो ।
— तर उनीहरुले पनि भारदारीसभा गर्ने सल्लाहाकार सभा गठन गर्ने, उनीहरुबाट सल्लाह लिने,त्यस आधारमा शासन गर्ने काम गरे ।
— पञ्चायती लोकतन्त्र नेपालमा सामन्ती लोकतन्त्रको नमुना हो ।
४.पुजिबाद र पूँजीवादी लोकतन्त्र
— पुँजीवादको उदय भएपछि उत्पादक शक्तिहरु एक ठाउँ जम्मा हुने स्थिति बन्यो । पुँजीपति वर्ग र सर्वहारा श्रमजीवि वर्ग बिच संघर्ष सुरु भयो ।
— पूँजीपतिवर्गको यन्त्र उधोग पछि आएर अनेकौ एकाधिकार पुँजीवादी गुटमा रुपान्तरण भयो ।
— पुँजीपति वर्ग र सर्वहारा वर्ग बिचको वर्गीय अन्तरविरोध र पुँजीवादी एकाधिकार गुटहरु बिचकै अन्तरविरोधहरू शत्रुतापूर्ण बने । उनीहरुबीच प्रतिस्पर्धा चल्न थाल्यो ।
— त्यसको प्रतिविम्ब स्वरुप दलहरु विकसित भए,दलहरुबीच प्रतिस्पर्धा सुरु भयो र बहुदलीय प्रतिस्पर्धाको प्रणाली विकसित भयो ।
— विश्वमा पूँजीवादी क्रान्ति भएपछि सबैजसो देशमा बहुदलीय जनवाद विकसित भयो । त्यसका अनेक रुपहरु पनि छन । तर तिनीहरूको सार एउटै हो बहुदलीय प्रतिस्पर्धा ।
— अहिले विश्वमा यहीँ पुँजिवादी जनवाद हाबी छ र मानिसहरुमा यही नै लोकतन्त्रको अन्तिम रुप वा सर्वकालीन रुप हो कि भन्ने भ्रम परिरहेको छ ।
५.समाजवाद र समाजवादी लोकतन्त्र
— यो पँुजीबादी लोकतन्त्र भन्दा गुणात्मक रूपले नै उन्नत हुन्छ ।
— सबै लोकतन्त्रहरु वर्गीय समाजका प्रतिविम्ब हुन् ।
— समाजमा जस्तो बर्गीय संरचना, वर्गीय अन्र्तरविरोध र बर्ग सम्बन्धहरू हुन्छन्, त्यो समाजको लोकतन्त्र तीनै वर्ग सम्बन्धहरूको प्रतिबिम्ब हुन्छ ।
— समाजवादी समाजमा पुगेपछि शत्रुतापूर्ण वर्ग सम्बन्धहरु समाप्त हुन्छन् ।
— त्यहाँ पूजीपति र सर्वहारा वर्ग बीचको शत्रुतापूर्ण सम्बन्ध पनि हुदैन् र पूँजीवादी गुटहरु बीचको घाँटी कटुवा प्रतिदन्द्धिता पनि हुँदैन । यिनै दुईवटा अन्तरविरोधहरू बहुदलीय प्रतिस्पर्धाका वस्तुगत आधारहरु हुन् ।
— समाजवाद स्थापना हुँदा यी दुई वटै वस्तुगत आधारहरु नष्ट भइसकेका हुन्छन् ।
— समाजवादी समाजमा श्रमिक बर्ग, किसानहरु र बुद्धिजिबी (जसलाई आम रुपमा निम्न पुँजीपति वर्ग भनिन्छ) मात्र रहेका हुन्छन्।
— बुद्धिजीवी भित्र विद्याथीर्, शिक्षक, कर्मचारी, ब्यापारी, डाक्टर, इन्जिनियर, वैज्ञानिक, प्राविधिज्ञ विशेषज्ञ, पत्रकारहरु, पुलिस सेना आदि पर्छन् ।
— यी मजदुर किसान र बुद्धिजीवी बिचको वर्गीय अन्तर्विरोधको वस्तुगत रुपले कहिल्यै पनि शत्रुतापूर्ण हुँदैन । उनीहरु बीचको सम्बन्ध मित्रतापूर्ण र सहयोगात्मक हुन्छ । यी तिनै वर्ग जनता पंक्तिका वर्गहरु हुन् ।
— त्यो समाजलाई नेतृत्व गर्ने वर्ग श्रमिक वर्ग हुन्छ ।उसले किसान र निम्न पुँजीपति वर्गसँग एकता, सहयोग, रुपान्तरण, प्रगतिको सम्बन्ध राख्छ ।
— शुरु–शुरुमा कतिपय ठाउँमा राजनीतिक समूह बनाई हाले पनि तिनीहरु श्रमिक वर्गको पार्टीसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा हुँदैनन् । उनीहरूका बीचको सम्बन्ध सहयोगको सम्बन्ध हो ।
— ठीक यही वर्ग सम्बन्ध माथि समाजको उपरी ढाँचामा रहेको समाजवादी लोकतन्त्र विकसित हुन्छ र विकास गर्नुपर्छ ।
— समाजबादमा मौलिक अधिकार, मानवअधिकार, निर्वाचन प्रणाली, बालिकमताधिकार, व्यवस्थापिका ,कार्यपालिका, न्यायपालिका सबै हुन्छन । तर पुँजीवादी लोकतन्त्रमा जस्तो बहुदलीय प्रतिस्पर्धा गर्ने वस्तुगत आधार नै हुँदैन ।
— त्यसैले समाजवादी लोकतन्त्र, पुजीवादी लोकतन्त्र भन्दा गुणात्मक रूपले नै भिन्न हुन्छ ।
— समाजवादी समाज भनेको वर्गिय विभेद, लैङ्गिक विभेद, सामाजिक विभेदहरू अन्त्य गर्दै समाजलाई विभेदमुक्त श्रमिक समुदायमा रुपान्तरण गर्ने व्यवस्था हो ।
— समाजवादले उपरोक्त विभेदको साथै शारीरिक श्रम र मानासिक श्रम बिचको विभेदमा शहर र गाउँ बीचको विभेदलाई पनि अन्त्य गर्छ ।
— यसरी समाजवादी समाज भनेको त्यो अन्तिम बर्गीय समाज र वर्गीय लोकतन्त्र हो, जहाँ पुगेपछि मानव समाजमा उत्पत्ति भएका सवै वर्गीय र मानवीय अन्तरविरोधहरू फस्र्सोट हुन्छन्, लोकतंन्त्र र राज्यतन्त्र पनि विस्तारै विलोप हुँदै जान्छ, मानवसमाज एउटा समुन्नत ढङ्गको वैज्ञानिक ढंगले स्वचालित हुने अवस्थामा पुग्छ र माक्र्सले भनेजस्तै मानब समाज वैज्ञानिक समाजवादको लामो संक्रमण काल पार गरे पछि फेरि साम्यवादमा पुग्छ ।
— समाज ठिक यो विन्दुमा पुग्दा समाज आफै आफ्ना प्राकृतिक­ सामाजिक नियम अनुरुप चल्न सक्ने अवस्थामा पुग्छ र वर्गीय लोकतन्त्रको पनि अन्त्य हुन्छ ।
८.जनताको बहुदलीय जनवादको वर्ग चरित्र के हो त?
— नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएपछि पुजीवादी जनवादी क्रान्तिको थालनी भयो । त्यो सुरुदेखि नै नयाँ जनवादी क्रान्तिका रुपमा विकसित भयो ।
— यो क्रान्तिको ऐतिहासिक चरणमा क्रान्तिको कार्यक्रम र लक्ष्यका रुपमा कार्यक्रम र लोकतन्त्रका अनेक रुपहरु अघि सारिए ।
— कहिले नयाँ जनवाद अघि सार्यौ । कहिले त्यसलाई नौलो जनवाद भन्यौ । कहिले राष्ट्रिय जनबाद वा राष्ट्रिय प्रजातन्त्र भन्यौ,कहिले जनताको जनवाद भन्यौ, कहिले लोक जनबाद पनि भन्यौ र पाँचौ महाधिवेशनबाट जनताको बहुदलीय जनबाद भन्यौ
— स्वरुपमा जति धेरै जनवाद जन्माए पनि तिनीहरु सबै सारतः पुँजिवादी जनवाद कै विभिन्न रुपहरु मात्र हुन् ।
— अहिले नेपालमा जुन जनवाद स्थापना भएको छ,त्यो नै जनताको बहुदलीय जनबाद पनि हो। पाँचौं महाधिवेशनमा क.मदन भण्डारीले अघि सारेको जनवाद मूलतः यही नै हो । त्यो जनबादको माग नीति र सिद्धान्तहरूलाई नेपालको संविधानमा पूर्णरुपले संस्थागत गरिएको छ ।
— त्यसैले जबज भनेको पनि पुँजीवादी जनवाद कै एउटा रूप हो ।
— हामीले नेपालमा ०६२­६३ मा आएपछि पुँजिवादी जनवादी क्रान्ति सम्पन्न गरि सकेका छौं र नयाँ संविधानमार्फत जनताको बहुदलीय जनबाद लागू गरिसकेका छौ ।
— अब यो जनवादलाई भरपूर उपयोग गर्दै हाम्रो पार्टीले मुलुकलाई शान्तिपूर्ण,प्रयत्नद्धारा लोकतान्त्रिक ढंगले समाजवादी क्रान्ति र रूपान्तरणको दिशातिर अघि बढाउनुपर्छ ।
— अब जबज हाम्रो मार्गदर्शन सिद्धान्त बन्न सक्दैन। माक्र्सवाद ­लेलिनवाद नै हाम्रो मार्गदर्शन सिद्धान्त हो । त्यसको प्रकाशमा हामीले समाजवादी क्रान्ति र रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्य निर्धारण गरेर अघि बढ्नु पर्छ ।
— त्यसरी मात्र हामी समाजवादका लक्ष्य हासिल गर्न सक्छौं र नेपाली जनताको सपनाका रुपमा हामीले अघि सारेको “सुखी नेपाली, समृद्ध नेपाल”को निर्माण गर्न सक्छौं ।
९.हामीले गर्नै पर्ने केही कामहरु :
१.हामीले नेतृत्वदायी पक्तिमा नै वैचारिक ­सैद्धान्तिक बहस, छलफल र अध्ययनलाई गहिरो बनाउनुपर्छ ।
२.हामीले क्रान्तिको एउटा चरण पार गरेर ऐतिहासिक रुपले नै नयाँ चरणमा प्रवेश गरेको यथार्थलाई गहिरो गरी बुझ्नुपर्छ ।अघिल्लो चरणको क्रान्तिका कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्यभन्दा वर्तमान चरणका कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्य गुणात्मक रुपले भिन्न हुन्छन् भन्ने कुरा बुझ्न र बुझाउनु पर्छ ।
३.हामीले विगतका कतिपय धारणागत आग्रह वा पूर्वाग्रह बाट मुक्त भएर ताजा शुरुवात गर्नु पर्छ ।
४.समय क्रममा हामीले ७२ वर्षको कम्युनिष्ट आन्दोलनको ऐतिहासिक मूल्यांकन गर्नुपर्छ र अगाडिको बाटो निर्धारण गर्नुपर्छ ।
५.हामीले नयाँ वैचारिक­सैद्धान्तिक धरातलमा उभिएर पार्टी व्यापी रुपमा घनिभुत प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ ।
एउटा छानिएको सैद्धान्तिक पक्ति निर्माण गर्नुपर्छ ।
६.केपी ओलीले नेता रहेको एमालेको नेतृत्व गुटमा जमेर रहेको दक्षिणपन्थी अवसरवाद, गुटबाट अंहकारबाद,व्यक्तिवाद, विसर्जनवाद र पुँजीबाद पन्थको बुदा बुदा केलाएर वैचारिक र सैद्धान्तिक रुपले खण्डन गर्नुपर्छ । त्यसले फैलाएका भ्रमहरु बाट कम्युनिष्ट पंक्तिलाई मुक्त गर्नु पर्छ ।
७.यस्तो वैचारिक संघर्षलाई गहिरो, व्यापक र तीव्र बनाउने क्रममा पार्टी एकताको उभार आउनेछ र एकीकृत पार्टी बनाउने आधार तयार हुनेछ ।
८.हामीले नयाँ बाटो हिँडिरहँदा बुर्जुवा संसदबाट मुक्त हुनुपर्छ र क्रान्तिकारी संसदवादको माक्र्सवादी ­लेलिनबादी कार्यनीतिलाई दृढतापूर्वक अवलम्बन गर्नुपर्छ ।
९.हामीले हाम्रो पार्टीलाई सुरुदेखि सबै प्रकारका गुटबन्दी पूर्ण क्रियाकलापबाट मुक्त राख्न सक्नुपर्छ। एमालेबाट सरेर आएका धङधङीहरm पार्टीमा विद्यमान छन् । तिनीहरुबाट पार्टी पंक्तिलाई पूर्णरुपले मुक्त पार्दै एकीकृत नीतिनिष्ट, सिद्धान्तनिष्ठ र विधिनिष्ठ निक्कै पार्टी निर्माण गर्ने कुरामा प्रतिवद्ध भएर अघि बढ्नुपर्छ ।
१०.पार्टीका सबै जनवर्गीय संगठनहरुलाई पनि अब लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र समाजवादी संगठनहरुका रुपमा रुपान्तरण गर्नुपर्छ ।
११.पार्टीले यतिबेला पालिका कमिटीहरु विस्तार गर्ने, वडा कमिटी विस्तार गर्ने र पार्टी सदस्यताका निम्ति देशव्यापीरुपमा अभियान सञ्चालन गर्ने कुरामा जोड दिनुपर्छ ।
१२.पाटीको कार्यशैलीमा व्यापक रुपले सुधार गर्नुपर्छ ।
— जनता र राष्ट्रको सेवा गर्न भावनालाई बढावा दिने ।
— सिद्धान्त र व्यवहार बिचमा एकरुपता कायम गर्ने
— आम जनता र कार्यकर्तासँग घनिष्ट एकता काम गर्ने ।
— आलोचना र आत्मआलोचनालाई पार्टीभित्र देखापर्ने गलत चिन्तन र प्रवृत्तिलाई समाप्त पार्न वैज्ञानिक अस्त्रका रुपमा लागू गर्ने ।
— पद प्राप्ति लाभप्राप्ति, निजी स्वार्थका लागि नेताको चाकडी गनर्,े आत्मकेन्द्रित चिन्तन, नोकरशाही शैलीबाट पार्टीलाई मुक्त बनाउने ।
— पार्टी भित्र विस्तारै सुद्दिकरणको अभियान सञ्चालन गर्ने ।
१३.पार्टीको अध्ययन शैलीमा सुधार गर्ने
— माक्र्सवादी सिद्धांतको गहिरो अध्ययन गर्ने ।
— विकासवान परिस्थितिको गहिरो अध्ययन गर्ने ।
— इतिहासको गहिरो अध्ययन गर्ने
व्यक्तिको
पार्टीको
कम्युनिष्ट आन्दोलनको
देश र विश्वको
१४.पार्टीका वैचारिक र संगठनात्मक कामहरुलाई प्राथमिकताका साथ अघि बढाउँदै संम्भब हुने विकास निर्माणका कामलाई कुशलतापूर्वक जोड्ने ।
१५.जनताका दैनन्दिनका आवश्यकता, काम र समस्यासँग जोडिएर जन कार्यलाइ अघि बढाउने ।
१६.विभिन्न तहका चुनाबहरm आइरहेका छन, तिनीहरुमा कार्यनीतिक रुपले अधिकतम सहभागिता र सफलताका निम्ति तयारीलाई अघि बढाउने ।
१७.गठबन्धनका मित्रहरूसँगको सहकार्यलाई तलै सम्म लाने प्रयत्न गर्ने ।
१८ .दक्षिणपन्थी प्रतिगामी गुटलाई एक्कल पार्ने कार्यनीतिलाई दृढतापूर्वक अवलम्बन गर्ने ।
१९.हाम्रो पाटी नेकपा (एकीकृत समाजवादी)लाई राष्ट्रव्यापी, देशव्यापी, जनब्यापी,सुदृढ क्रान्तिकारी र अग्रगमनकारी पार्टीका रुपमा अघि बढाउने ।

२०७८ कात्तिक,२०७८
झलनाथ खनाल
सम्मानित नेता,नेकपा (एकीकृत समाजबादी)

प्रतिक्रिया दिनुहोस्