Logo
Logo

हिन्दु र मुस्लिमबीच विवाद, स्थानीय प्रशासनद्वारा जनकपुरमा निषेधाज्ञा



जनकपुरधाम । जनकपुरमा हिन्दू र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलालले शनिबार २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन् ।

छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा स्थानीय बीच भएको विवादले शनिबार उग्र रूप लिएको हो । वडा नम्बर २ मा रहेको देवपुरा रुपैठास्थित तेलिया पोखरीमा छठ पूजाको लागि घाट निर्माण गर्ने विषयमा स्थानीयले अवरोध गरेपछि विवाद सुरु भएको थियो ।

प्रजिअ बास्तोलाले भेला जुलुस, प्रदर्शन, घेराउ, र्‍याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी मिति ०७८ कार्तिक २७ देखि दिउँसो २ बजेदेखि कार्तिक २८ को राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्