Logo
Logo

आसन्न निर्वाचनको पूर्व तयारीमा जुटन माधवको निर्देशन


1k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष माधवकुमार नेपालले आसन्न निर्वाचनको पूर्व तयारीमा जुटन निर्देशन दिएका छन् ।

एकीकृत समाजवादीको आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अब हुने स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा तथा उपनिर्वाचनको तयारीमा जुटन निर्देशन दिएका हुन् ।

कम्युनिष्ट आन्दोलनलाई सही दिशा प्रदान गर्न एकीकृत समाजवादी निर्माण गरि अगाडि बढेको बताउँदै उनले निर्वाचनअघि सबै वडा तथा पालिकासम्मका कमिटीहरु गठन, पुर्नगठन गर्न आवश्यक रहेको बताए ।

समृद्ध समाजवादको दिशामा जाने अठोट आफूहरुले गरेको बताउँदै अध्यक्ष नेपालले अब पार्टी र सरकार यही दिशामा केन्द्रित हुने बताए । पार्टीको तीन महिने कार्ययोजनालाई विशेष परिक्षाको रुपमा लिइ काम गर्न, सबैले व्यक्तिगत पार्टी जिम्मेवारी कुशलतापूर्वक पूरा गेर्न समेत उनले निर्देशन दिए ।

राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीको भूमिका बढीरहेको र एमालेको साख दिनप्रतिदिन घट्दै गएको निष्कर्ष नेपाल सुनाउँदै अध्यक्ष नेपालले भने, ‘हामीले गठबन्धन निर्माणमा प्रभावकारी भूमिका खेलेका छौँ । संघीय र प्रदेश सरकारमा यथोचित नेतृत्व गरेका छौँ । राष्ट्रिय आत्मसमर्पणवादबाट देशलाई जोगाउने काम गरेका छौँ ।’

पार्टीले जनसम्पर्क विस्तार र अर्थ संकलन अभियानमा पनि विशेष ध्यान पर्ने उनले बताए । स्रोत व्यवस्थापनका लागि जनतासँग भर पर्नुपर्ने र जनताको घरदैलोमा पुग्नुपर्ने आवश्यक रहेको उनले बताए ।

पार्टीका विचार र सामाजिक जागरणका भनाइहरु प्रचारप्रसार गर्ने गरी स्टीकर तयार पार्ने र त्यसको विक्रीवितरण समेत गरेर आर्थिक व्यवस्थापनमा लाग्ने प्रस्ताव नेपालले गरेका छन् ।

पार्टीलाई आधारभूत वर्गका माझमा पु¥याउन विशेष पहल गर्दै १६ वर्ष माथिदेखि ४० वर्ष मुनिका युवालाई व्यापक रुपमा संगठीत गर्नुपर्ने उनले निर्देशन दिए । यस्तै खर्चिलो निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने र भ्रष्टाचारको मुहान नै बन्द गर्न निर्वाचन कानुनमा फेरबदलको आवश्यकत्ता रहेको बताए ।

प्रचार र प्रकाशन कार्यलाई व्यवस्थित गर्दै जनसांस्कृतिक अभियानलाई पुनर्गठित गर्नुका साथै गाउँ शहरलाई जागृत गर्न अहिलेको आवश्यकत्ता रहेको र पार्टीभित्र असल संस्कार तथा संस्कृतिलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए ।

पार्टी र जनसंगठनलाई कम खर्चिलो बनाउन, पदप्रतिको आशक्ति घटाऔँ, कम्युनिष्ट कार्यशैली, आलोचना आत्मालोचनालाई पार्टीभित्र दृढतापूर्वक काम गर्न तथा सरकारमा गएका मन्त्रीहरुले जिम्मेवारपूर्वक काम गर्दै आफ्नो ओहोदामा रहनेहरुले विशेष ध्यान दिऔँ दिनुपर्ने निर्देशन अध्यक्ष नेपालले दिएको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्