Logo
Logo

रौतहटमा भारतीय कार दुर्घटना, ४ जनाको मृत्यु



काठमाडौं । रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको यमुनामाई गाउँपालिका-५ जुनखुनुवामा शनिबार राति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो ।

युके १२ सी २९०० नम्बरको कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा रहेको शनिबार राति घटनास्थलमा खटिएका एसपी विनोद घिमिरेले जानकारी दिएका छन् ।

उनका अनुसार कारको सिसा फोडेर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै डाक्टरहरूले चारै जनाको मृत्यु भएको घोषणा गरेको एसपी घिमिरेले बताए ।

मृत्यु हुनेहरुको परिचय खुलेको छैन । गएराति नै भारतीय प्रहरीलाई घटनाबारे जानकारी गराइएको घिमिरेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्