Logo
Logo

‘आन्दोलन दबाउन जबराले भिजिलान्ते प्रयोग गरे’



काठमाडौं । नेपाल बार एशोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘भिजिलान्ते’ प्रयोग गरेर आन्दोलन दबाउन खोजेको आरोप लगाएको छ ।

प्रधानन्यायाधीश जबराको समर्थनमा केही युवाहरुले प्रदर्शन गर्दै बाझाबाझ गर्न खोजेपछि आन्दोलनरत कानुन व्यवसायीहरु आक्रोशित भएका छन् ।

प्रधानन्यायाधीशले ‘भाडाका टट्टु’ प्रयोग गरेर प्रतिकार समूह बनाएको उनीहरुको आरोप छ । सर्वोच्च अदालत परिसरमा आइतबार विरोधसभालाई सम्बोधन गर्दै उनीहरुले भ्रष्टाचार गरेको रकम प्रयोग गरेर कानुन व्यवसायीको आन्दोलनलाई दबाउन उनीहरुले बताए ।

कानुन व्यवसायीहरुले गर्दै आएको विरोध प्रदर्शनको प्रतिकारका लागि ठुलो रकम खर्च भएको उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले आरोप लगाएका छन् । प्रतिव्यक्ति दैनिक दुई हजार रुपैयाँ दिएर बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न ‘भाडाका टट्टु’ प्रयोग गरिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्