Logo
Logo

कानुन व्यवसायीलाई संयमित हुन प्रहरीको आग्रह



काठमाडौं । प्रदर्शनका क्रममा सर्वोच्च अदालतभित्र प्रवेश गरेका कानून व्यवसायीहरुलाई संयमित हुन प्रहरीले आग्रह गरेको छ । अन्यथा बल प्रयोग गर्ने प्रहरीले चेतावनी दिएको छ ।

सर्वोच्चको गेटभित्र धर्नामा बसेका कानुन व्यवसायी त्यहाँबाट पनि अगाडि बढ्न खोजेपछि स्थिति तनावपूर्ण बनेको छ । सोही क्रममा प्रहरीले माइकिङ गर्दै अगाडि नबढ्न प्रहरीलेचेतावनी दिएको हो ।

कानुन व्यवसायीले माइक प्रयोग गरेर कोणसभा गर्न खोज्दा प्रहरीले माइक प्रयोग नगर्न भनेको थियो । त्यसलगत्तै तनावको स्थिति सिर्जना भएको थियो । कानुन व्यवसायीहरुले माइक प्रयोग गरेरै कोणसभा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्