Logo
Logo

विप्लवनिकट विद्यार्थीको चक्काजाममा प्रहरी हस्तक्षेप



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धमा आइतबार त्रि–चन्द्र क्याम्पस अगाडि चक्काजाम गर्ने नेकपा नेत्रबिक्रम चन्द ‘विप्लव’ समूहनिकट अखिल क्रान्तिकारीका विद्यार्थी नेता पक्राउ परेका छन् । प्रहरीले चक्का जाम गर्ने विप्लव समूहका केही विद्यार्थी नेतालाई पक्राउ गरेको हो ।

कार्यकर्ताले सडक अवरुद्ध बनाएर टायर बालेपछि प्रहरीले हस्तक्षेप गरी केही विद्यार्थी नेताहरुलाई पक्राउ गरिएको थियो । विप्लव समूहले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरुद्धमा कात्तिक २५ गते देखि ३० गतेसम्म देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको थियो । सोही आन्दोलनको तालिकाअनुसार आइतबार एक घण्टा चक्काजाम गरिएको थियो ।

यस्ते, सोमबार दिउँसो सिठी जुलुस र बेलुका मसाल जुलुस गर्ने कार्यक्रम रहेको विप्लव समूहले जनाएको छ भने कात्तिक ३० देशभर नेपाल बन्द गर्ने घोषणासमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्