Logo
Logo

विवेकशीलका १२ जनाले गरे सामुहिक रुपमा पार्टी परित्याग



पोखरा । अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी पार्टी चलाएको र तानाशाही बनेको आरोप लगाउँदै विवेकशील साझा पार्टी गण्डकी प्रदेशका १२ जना नेताले सामुहिक रुपमा पार्टी परित्याग गरेका छन् ।

पार्टी परित्याग गर्नेमा केन्द्रीय सदस्य दीपक पौडेल, युवा संगठनका केन्द्रीय सदस्य प्रकाश आचार्य, पार्टीका गण्डकी प्रदेश सदस्य एवं अभियान विभाग प्रमुख अशोक खड्का, कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, संगठन विभाग प्रमुख पदम न्यौपाने र तनहुँ जिल्ला संयोजक एवं प्रदेश सदस्य सागर घिमिरे रहेका छन् ।

यस्तै, युवा संगठन केन्द्रीय सदस्य मनिषा मगर, ब्यास नगर संयोजक सलमान अलि, युवा संगठनका केन्द्रीय सदस्य महेन्द्र आचार्य, स्याङ्जा जिल्ला संयोजक भिमनारायण कोइराला, तनहुँको म्याग्दे गाउँपालिका संयोजक विश्वराज अछामे र विप्लता ढुंगानाले पनि पार्टी छाडेका छन् ।
उनीहरुले आइतबार विज्ञप्ति जारी गरेर पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जनाएको हुन् । उनीहरुले जारी गरेको विज्ञप्तीमा पार्टी अध्यक्ष मिश्रले एकलौटी निर्णय गरेको आरोप लगाएका छन् ।

अध्यक्ष मिश्रले सार्वजनिक बहसका लागि ‘मार्ग परिवर्तनः विचार भन्दा माथि देश’ शीर्षकमा दस्तावेज सार्वजनिक गरेपछि गण्डकीका अधिकांश नेता÷कार्यकर्ता असन्तुष्ट बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्