Logo
Logo

दरबन्दी थपेर बढुवा हुने योजनामा रहेका एसएसपीको अवकाश




काठमाडौं । डिआइजीको दरबन्दी थपेर बढुवा हुने दौडधुपमा लागेका एक एसएसपीले अवकाश पाएका छन् । एसएसपी नरबहादुर खत्रीले आइतबारदेखि अवकाश पाएका हुन् ।


एसएसपीको ५५ वर्षे उमेरहदका कारण उनले अवकाश पाएका हुन् । डिआइजीमा बढुवा भएको भए उनको जागिर अझै डेढ वर्ष लम्बिने थियो ।
उनीसहित अवकाश पाउन लागेका केही एसएसपीहरु डिआइजीको दरबन्दी थप्ने प्रयासमा लागेका छन् । त्यसका लागि प्रहरी प्रधान कार्यालयले गृहमा पत्राचार समेत गरेको थियो । तर, दरबन्दी थपको निर्णय हुन नसक्दा खत्रीले अवकाश पाएका छन् ।


अन्य एसएसपीहरु हरिराज वाग्ले, मोहन आचार्य, नलप्रसाद उपाध्याय, पूजा सिंह लगायतले पनि उमेरहदका कारण अवकाश पाउन लागेका छन् । गृहमन्त्री सकारात्मक भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसमा चासो नदिदा दरबन्दी थप नभएको स्रोत बताउँछ ।


उता गुप्तचरबाट आएका एसपीहरुको जोडबलमा एसएसपीको पनि दरबन्दी थप्ने प्रयास भइरहेको छ । ठूला जिल्लामा एसएसपी खटाउने योजना अन्र्तगत दरबन्दी थप हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्