Logo
Logo

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विभिन्न राजनीतिक दलनिकट विद्यार्थी संगठनले सिलिन्डर बोकेर जुलुस निकालेका छन् । आइतबार दिउँसो काठमाडौंमा विद्यार्थीले प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट सिलिन्डर बोकेर जुलुस निकालेका हुन् ।

सिलिन्डरमा ‘मलाई किन यति अमूल्य बनायौ?, गरिब जनताको घरमा म कसरी बल्ने?’लगायत पोस्टर लेखेर टाँसेका थिए । सरकारले केही समयअघि खाना पकाउने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

आजैमात्र विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थीले पनि मूल्यबृद्धिको विरोधमा एक घण्टा चक्काजाम गरेका थिए । विप्लव नेतृत्वको नेकपाले ३० कात्तिकमा मूल्यबृद्धिको विरोधमा नेपाल बन्द गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्