Logo
Logo

सांस्कृतिक रुपमा प्रगति नगर्ने मुलुकले समृद्धि हासिल गर्न सक्दैन : प्रधानमन्त्री देउवा


0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सांस्कृतिकरूपमा प्रगति नगर्ने मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताएका छन्

आइतबार काठमाडौंमा नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ३६औँ प्राज्ञसभाको उद्घाटन गर्दै भौतिकरूपमा जतिसुकै उन्नत भए पनि सांस्कृतिकरूपमा प्रगति नगर्ने मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताएका हुन् ।

उनले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्वसामु चिनाउनुपर्ने पनि बताए । प्रतिष्ठानले आगामी दिनमा पनि प्राज्ञिक अध्ययन र सांस्कृतिक संरक्षणमा थप योगदान गर्नुपर्ने उनको भनाई छ । प्रधानमन्त्री देउवाले महाकवि देवकोटा सङ्ग्रहालय निर्माणले देवकोटाप्रति सम्मान हुने उल्लेख गर्दै सभाबाट सांस्कृतिक क्षेत्रमा दूरगामी प्रभाव पार्ने निर्णय गर्ने अपेक्षा व्यक्त गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले आफ्नो कार्यकालमा सुधारका काम गरेर देखाउने बताए । उनले पर्यटन क्षेत्रमा पनि सुधारका काम सुरु भइरहेको भन्दै प्राज्ञिक अध्ययन अनुसन्धानका काममा पनि हात्तेमालो गर्ने जिकिर गरे ।

कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले यसअघि दिदै गरेको बिरेन्द्र प्रज्ञा पुरस्कार बिभिन्न पुरस्कारहरु बितरण बन्द भएको भन्दै यसले नकारात्मक सन्देश जाने बताए । उनले प्रतिष्ठानले ऐतिहासिक ग्रन्थहरूको प्रकाशन र पुनः प्रकाशन गरेर भाषिक तथा साहित्यिक क्षेत्रको समृद्धिका लागि योगदान दिनसक्ने बताए ।

समारोहमा प्रधानमन्त्री देउवाले बहुप्रतिक्षित लेखक÷साहित्यकार परिचयपत्र वितरण कार्यको आरम्भ गरेका थिए । उनले पूर्व सदस्यसचिव तथा वाङ्मय शताब्दी पुरुष जोशी, कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वकुलपति काइँला र पूर्व सदस्यसचिव गीता केशरीलाई परिचयपत्र प्रदान गरी लेखक÷साहित्यकार परिचयपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्