Logo
Logo

प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्च अदालत परिसरमा धर्ना


1k
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आइतबार पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् ।

यसअघि सर्वोच्चको गेटमा धर्ना दिएको बारले आइतबार सर्वोच्चभित्रै धर्ना दिएका हुन् । धर्ना दिने क्रममा केहिबेर प्रहरीले रोक्न खोजेको थियो । सो क्रममा केहि घाइते समेत भएको बारले जनाएको छ । धर्ना कार्यक्रममा बारका महासचिव लीलामणि पौड्यालले आफुहरुको आन्दोलन बिथोल्न खोजिएको भन्दै यसको जिम्मेवारी प्रधानन्याधिशले लिनुपर्ने बताए । उनले सोमबारबाट सवै आन्दोलन सर्वोच्च केन्द्रीत हुने बताए ।

त्यस्तै सर्वोच्च अदालत नेपाल बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले आफुहरुको धैर्यताको बाध फुट्ने संभावना बढेको चेतावनी दिए । शाक्यले प्रधानन्यायाधीश जबरालाई कुनै पनि भूमिकामा स्वीकार नगर्ने र प्रधानन्यायधिशलाई सर्वोच्च छिर्ने अधिकार नभएको उल्लेख गरे । उनले आफुहरुको आन्दोलन ब्याक गियर नभएको आन्दोलन भएको भन्दै आन्दोलनलाई तुहाउन नदिने तर्क गरे ।

धर्नालाई सम्बोधन गर्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले विचौलियामार्फत बारको आन्दोलन भाँड्न खोजेको आरोप लगाए । उनले न्यायलयमा विचौलिया र भ्रष्टचार फैलिएको भन्दै प्रधानन्यायधिशको राजीनामाबाट मात्र अबको निकास भएको उल्लेख गरे ।

प्रधानन्यायधिशको राजीनामा माग गर्दै बारले निरन्तर आन्दोलन गरिरहेको छ । बारले आइतबार गरको प्रदर्शनमा क्रममा केहि समूहहरुले प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्