Logo
Logo

मन्त्रिपरिषदमा एमालेका सांसद राखियो : शंकर पोखरेल



काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशसभा दलका नेता शंकर पोखरेलले प्रदेशसभा सदस्य अजय शाही र विमलाकुमारी खत्री वलीका बिषयमा उठेका प्रश्नको निरुपण नभएसम्म संसद चल्न नसक्ने स्पष्ट पारेका छन् ।

बुटवलमा आइतबार बसेको प्रदेशसभा बैठकमा उनले एमालेले कारवाही गरेका दुई सांसदका बिषयमा निर्वाचन आयोगले निर्णय नगरेसम्म प्रदेशसभा बैठक चल्न नसक्ने स्पष्ट पारेका हुन् ।

उनले कानूनको ब्याख्या गर्ने अधिकार प्रदेश सभा र सरकारलाइ नभएको भन्दै सांसदका बिषयमा निर्णय गर्ने अधिकार आयोगलाई रहेको जिकिर गरे । पोखरेलले आफुहरुले उठाएको बिषयलाई प्रदेशसभाले गम्भीर रुपमा नलिएको आरोप पनि लगाए । उनले अहिले प्रदेश सरकारले गरेको बनाएको मन्त्रिपरिषद्मा एमालेका सांसदहरुलाई राखिएको तर्क गरे । प्रदेश सरकार र प्रदेशसभाले पनि कानून बाहिर गएर काम गरेको भन्दै आफुहरुको असन्तुष्टि रहेको उनले बताए ।

सांसद शाहीले आफू स्वतन्त्र राजनीतिक समूहको रहेको र वलीले आफू तत्कालिन नेकपाबाट निर्वाचित भएको र पार्टी विभाजनपछि नेकपा माओवादी केन्द्र रोजेको बताउदै आएका छन् । यसअघि पनि एमालेले निरन्तर प्रदेशसभा अवरुद्ध गर्दै आएको छ । प्रदेशसभाको अर्को बैठक सोमबार बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्