पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विरोध प्रदर्शन « Drishti News – Nepalese News Portal
Logo

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विरोध प्रदर्शन


दृष्टि संवाददाता


काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठन काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

आइतबार काठमाडौंको प्रदर्शनीमार्गस्थीत रत्नराज्य क्याम्पस अगाडी सत्तारुढ दल निकटका विद्यार्थी संगठनले ग्यास सिलिण्डर बोकेर बिरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले राजीनामा माग गरेका छन् भने मलाई किन यति अमूल्य बनायौ?, गरिब जनताको घरमा म कसरी बल्ने? लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

त्यस्तै उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि खारेज गर , मूल्यबृद्धि नियन्त्रण गर, संयुक्त बिद्यार्थी आन्दोलन जिन्दावाद लगाएतका नारा लगाएका थिए । बिरोध प्रर्दशनपछि नेपाल एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले निगमको निजि स्वार्थका कारण मूल्यबृद्धि गरेको आरोप लगाए । उनले तत्काल मूल्यबृद्धि फिर्ता लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउदै निगम भित्रको भ्रष्टचारको छानविन गर्न माग गरे ।

त्यस्तै अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले पेट्रोलियम पदार्थको मूल्यवृद्धि स्वीकार नभएको भन्दै मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।

नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्