Logo
Logo
एकीकृत समाजवादीको बैठक

कम्युनिष्ट आन्दोलन पुनर्गठनका लागि बृहत एकता आवश्यक (निर्णयसहित)


1.5k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजावादी)ले कम्युनिष्ट आन्दोलनको पुनर्गठन तथा एकिकरणको प्रयासमा अझै सशक्त रुपमा अघि बढ्ने निर्णय गरेको छ ।

एकीकृत समाजवादीको आज काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले अन्य पार्टीबाट विद्रोह गरी एकीकृत समाजवादीमा समाहित भएका नेतालाई पार्टीमा स्वागत गर्दै कम्युनिष्ट आन्दोलनको पुनर्गठन तथा एकिकरणको प्रयासमा अझै सशक्त रुपमा अघि बढने प्रतिबद्धता व्यक्त गरेको छ ।

‘दक्षिणपन्थी विसर्जनवादविरुद्ध विद्रोह गर्दै नेपाली कम्युनिष्ट आन्दोलनमा वैचारिक शुद्धिकरण र सांगठनिक पूनर्गठनको प्रक्रियाबाट अघि बढिरहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा अन्य पार्टीबाट विद्रोह गरी समाहित हुनु भएका सम्पूर्ण नेता कार्यकर्तालाई यो बैठक सम्मान प्रकट गर्दै स्वागत गर्दछ । साथै, कम्युनिष्ट आन्दोलनको पूनर्गठन र एकिकरणको प्रयासमा अझ सशक्त रुपले अघि बढ्ने प्रतिबद्धता पनि ब्यक्त गर्दछ’ बैठक पश्चात उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

बैठकले दक्षिणपन्थी तथा पुनरुत्थानवादी संभावित गठबन्धनप्रति सचेत रहँदै लोकतंत्र, देश र संविधानको पक्षमा दृढतापूर्वक उभिने वामलोकतांत्रिक गठबन्धनलाई अझ कसिलो बनाउन समस्त वामलोकतांत्रिक तथा क्रान्तिकारी शक्तिलाई आह्वान गरेको छ ।

वामलोकतान्त्रिक गठबन्धनलाई अझ प्रभावकारी ढंगले संचालन गर्नका लागि हालै गठन भएको ‘उच्च स्तरिय राजनीतिक समन्वय समिति’लाई बैठक स्वागत गरेको छ । सरकारको कामलाई प्रभावकारी बनाउन सहयोग पु¥याउने र आगामी निर्वाचनसम्म नै गठबन्धनको काम व्यवस्थापनलाई सहयोग पु¥याउने उद्देश्यले गरिएको प्रयत्न स्वागत योग्य रहेको निष्कर्ष एकीकृत समाजवादीको रहेको छ ।

आगामी दिनमा प्रतिगामी दक्षिणपन्थी शक्तिको विरुद्धमा पाँच दलीय मोर्चा सशक्त रुपमा कृयाशील गराउन निरन्तर पहलकदमी गर्ने बैठकले निष्कर्ष निकालेको खतिवडाले जनाएका छन् ।

यस्तै बैठकले सरकारले गरेको मुल्य बृद्धि फिर्ता गर्नुपर्ने माग गरेको छ । केन्द्रीय सदस्य दिनेश राईका अनुसार बैठकमा सरकारले गरेको मुल्य बृद्धि फिर्ता लिनुपर्ने बिषयमा केन्द्रीय सदस्यले माग गरेको बताए । सोही अनुसार बैठकले सरकारसंग तत्काल मुल्य बृद्धि फिर्ता लिन माग गरिएको हो ।

स्तो छ बैठकले गरेका निर्णयहरु :

प्रतिक्रिया दिनुहोस्