Logo
Logo
एकीकृत समाजवादीको बैठक

विभिन्न पार्टी परित्याग गरी आएका नेताहरुले पाए जिम्मेवारी



काठमाडौं । नेकपा (एकीकृत समाजावादी)ले बिभिन्न पार्टी परित्याग गरी आउने नेताहरुको व्यवस्थापन गरेको छ ।

एकीकृत समाजवादीको आज काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले अन्य पार्टीबाट विद्रोह गरी एकीकृत समाजवादीमा समाहित भएका नेतालाई पार्टीमा स्वागत गर्दै जिम्मेवारी समेत तोकेको छ ।

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले माओवादी केन्द्रबाट आएका रामचन्द्र झालाई केन्द्रीय कमिटीमा मनोनित गरी सचिवालयमा राख्ने निर्णय गरेको छ । यस्तै माले समूहबाट आएका कुलप्रसाद फुयाल, शंकर पोख्रेल र निलमणि बराललाई केन्द्रीय कमिटीमा मनोनित गरिएको छ ।

यसैगरी, एमालेबाट आएका वंशिधर मिश्रलाई केन्द्रीय कमिटीमा मनोनित गरी स्थायी कमिटीमा राख्ने, एमालेबाट आएका डा.तारा जोशीलाई केन्द्रीय कमिटीमा मनोनित गरिएको छ । माले समूहबाट आएका श्यामराज राईलाई केन्द्रीय परिषद्मा र कारिप्रसाद यादवलाई २ नं. प्रदेश कमिटीमा मनोनित गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्