Logo
Logo

रौतहटमा २ जना बालकको शंकास्पद मृत्यु


रुपेन्द्र पटेल


रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलियामा २ बालकको शंकास्पद मृत्यु भएको छ । स्थानीय संजय मुखियाका ५ बर्षिय छोरा आकाश मुखिया र ३ बर्षिय छोरा विकास मुखियाको शंकास्पद मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक दुबैजना नाबालकको शव पोष्टमार्टमको लागि नारायणी अस्पताल बिरगंज पठाईएको ईलाका प्रहरी कार्यालय गोनाहिका प्रमुख ईन्स्पेक्टर राजन लमसालले जानकारी दिए ।

आफ्नो घरमै रहेका दुबैजना बालक शनिवार बिहान ८ बजे उल्टि गर्न लाग्दा उपचारको लागि गरुडास्थित एउटा निजि अस्पतालमा भर्ना गरिएको थियो । बालकहरुको अवस्था सिकिस्त भएपछि शनिवार राती एम्बुलेन्स बाट बिरगंजस्थित तराई अस्पतालमा लागेर भर्ना गरिएको थियो ।

दुबैजना मध्ये कान्छा विकासको उपचारको क्रममा शनिवार अबेरराती र जेठा आकाशको आइतबार मृत्यु भएको ईन्स्पेक्टर लम्सालले जानकारी दिए ।

प्रहरीका अनुसार मृतक बालक उल्टि गरेको समय घरमा रहेकी उनको आमा पोष्टमार्टम गराउन बिरगंज अस्पतालमा रहेको र हजुर आमाले केही नबोलेकाले घटनाबारे बिस्तृत आउन बाँकी रहेको छ ।

पोष्टमार्टमको रिपोर्ट न आएसम्म मृत्युको कारणबारे बताउन नसकिने ईन्स्पेक्टर राजन लम्सालको भनाई छ । जिल्ला प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले घट्नाको गहनरुपमा अनुसंधान भैरहेकाले अनुसंधान पूरा नभैसम्म केही पनि भन्न नमिल्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्