Logo
Logo

अख्तियारले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएको छ ।

आयोगले आज आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारी पेश गरेको हो ।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्