Logo
Logo

नेकपा मालेको महासचिवमा पुनः सीपी मैनाली निर्वाचित


1.4k
Shares

काठमाडौं । सीपी मैनाली पुनः नेकपा मालेको महासचिवमा निर्वाचित भएका छन् ।

सोमबार चितवनमा सम्पन्न महाधिवेशनले मैनाली पुनः महासचिवमा निर्वाचित भएका हुन् । उनको नेतृत्वको ८१ सदस्यीय केन्द्रीय समिति चयन गरिएको छ । पोलिटब्यूरो र स्थायी समिति केन्द्रीय समितिले चयन गर्नेछ ।

वि. सं २०३५ साल पुस ११ मा स्थापना भएको नेकपा मालेको संस्थापक महासचिव सिपी मैनाली हुन् ।

०४७ सालपछि अन्य कम्युनिष्ट घटक र मालेबीच एकीकरण भएर नेकपा (एमाले) गठन भएको थियो । त्यसपछि मैनाली पनि एमालेको नेता बने । ०५४ साल फागुनमा बामदेव गौतमले एमाले फुटाएर नेकपा माले गठन गरेपछि मैनाली पनि बामदेव गौतमसँगै मालेमै रहे । ०५८ साल फागुनमा बामदेव गौतमलगायतका नेताहरू फेरि एमालेमा फर्किए पनि मैनाली भने मालेमै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्