Logo
Logo

प्रदेश १ मा सत्तारुढ दलले गठन गऱ्यो उच्चस्तरीय राजनीतिक संयन्त्र



विराटनगर । सत्तारुढ पाँच दलीय गठबन्धनले प्रदेश १ मा ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ गठन गरेको छ ।

विराटनगरमा आज बसेको सत्तारुढ दलको बैठकले नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेको हो ।

सो उच्चस्तरीय राजनीतिक संयन्त्रमा माओवादी केन्द्रका सांसद धिरेन शर्मा, एकीकृत समाजवादीका सांसद राजन राई, जसपाबाट रामचन्द्र तुम्बा र अशोक चेम्जोङ सदस्य छन् ।

यस्तै गठबन्धनको बैठकले कांग्रेसका सांसद शेखरचन्द्र थापाको नेतृत्वमा सरकारको साझा कार्यक्रम तय गर्न कार्यदल समेत गठन गरेको छ । कार्यदलले प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने अधिकार पाएको छ ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले संसदबाट भोलि विश्वासको मत लिँदैछन् । त्यसको अघिल्लो दिन उनकै आह्वानमा सत्तारुढ दलहरूको बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्