Logo
Logo

‘राष्ट्रिय गौरवका आयोजनामा अन्तरमन्त्रालयबीच समन्वय आवश्यक छ’



काठमाडौं । रक्षामन्त्री डा मीनेन्द्र रिजालले राष्ट्रिय गौरवका आयोजना गुणस्तरीय ढङ्गबाट निर्धारित समयमै पूरा गर्न अन्तरमन्त्रालयबीच समन्वय, सहकार्य र सहयोग अपरिहार्य रहेको बताएका छन् ।

रक्षा मन्त्रालयको चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा उनले समीक्षामा उठेको विषयवस्तुको गाम्भीर्यतालाई हेक्का गरी जिम्मेवारपूर्वक कार्य सम्पादन गर्न विभिन्न मन्त्रालयका सहभागी प्रतिनिधिलाई निर्देशन दिए ।

उनले भने, ‘आज यो मन्त्रालयले के कुरा राख्यो, विभिन्न मन्त्रालयबाट आउनुभएको प्रतिनिधिले के कुरा सुन्नुभयो, के भन्नुभयो, एउटै बुझाइ हुनुप¥यो । अनि मात्र समयमै गुणस्तरीय परिणाम दिन सक्छौँ ।’

प्रतिक्रिया दिनुहोस्