Logo
Logo

जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच डिग्री



जुम्ला । जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव शून्य डिग्रीमा झरेपछि चिसोले यहाँका स्थानीयवासीलाई सास्ती भएको छ । देशभर चिसो बढिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

दिनभर घाम लागे पनि बिहान बेलुका धेरै जाडो बढेको जुम्लाको तिला गाउँपालिकाका स्थानीयवासी धनराज रावतले बतए । चिसोले यहाँका बालबालिका, सुत्केरी महिला र वृद्धवृद्धालाई निकै गाह्रो भएको स्थानीयवासी बताउँछन् । बिहान र बेलुका बढी चिसो हुने भएकाले घर आँगनमा आगो बालेर बस्ने गरेको स्थानीयवासी रतन रोकायाले बताए ।

प्रतिक्रिया दिनुहोस्