Logo
Logo

सर्वोच्चमा आज पनि कानुन व्यवसायीहरुको धर्ना



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसनले आज नेपाल बन्दमा पनि धर्नामा बसेका छन् ।

२३ दिनदेखि आन्दोलनरत बारले मंगलबार बिहान सर्वोच्च अदालतमा धर्ना सुरु गरेका हुन् ।

आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बन्द रहे पनि बारले आन्दोलनरतलाई निरन्तरता दिएको छ ।

प्रधानन्यायाधीश जबराले सोमबार मात्र वक्तव्य जारी गर्दै आफुविरुद्ध आन्दोलनरत कानुन् व्यवसायीहरुलाई वार्ताका लागि आह्वान गरेका थिए । तर नेपाल बारले भने उक्त प्रस्ताव नै अस्वीकार गर्दै आन्दोलनलाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्