Logo
Logo

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान


504
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग महाशाखाले आगामी तीन दिनको मोसम विवरण जारी गरेको छ । नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।

महाशाखाले आज विहान जारी गरेको मौसम विवरणमा हाल देशका पहाडी भू(भागहरुमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने उल्लेछ ।

तीन दिनको मौसम पूर्वानुमान

२०७८ कार्तिक ३० गते (मंगलबार) दिउँसोः प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही वाँकी भू(भागहरुमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

रातीः देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

२०७८ मंसिर ०१ गते (बुधबार) दिउँसोः प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका भू(भागहरुमा आंशिक बदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

रातीः प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

२०७८ मंसिर ०२ गते (बिहिबार) दिउँसोः देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

रातीः देशको पहाडी भू(भागहरुमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । यस्तै वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्